Posts

मुख्य समाचार

कांग्रेस महाधिवेशनमा आज मतदान, नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गी भिड्दै

Image
कांग्रेस महाधिवेशनमा आज मतदान, नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गी भिड्दै काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान १० बजेका लागि तय गरिएको मतदान समय परिवर्तन गरी दिउँसो १ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। अन्तिम उम्मेदवार सूचीअनुसार सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदमा पनि ठूलो संख्यामा उम्मेदवारी परेको छ। मतदानका लागि काठमाडौंमा तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ। त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। मतदानअघि प्रतिनिधिको परिचय तथा मतदाता ...

भारत–चीनसँग त्रिदेशीय जलवायु संयन्त्र बनाउने प्रस्ताव, विज्ञ भन्छन्–‘राम्रो सुरुवात तर कूटनीतिक चुनौती ठूलो

Image
भारत–चीनसँग त्रिदेशीय जलवायु संयन्त्र बनाउने प्रस्ताव, विज्ञ भन्छन्–‘राम्रो सुरुवात तर कूटनीतिक चुनौती ठूलो’ काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपाल, भारत र चीनबीच त्रिदेशीय जलवायु संयन्त्र निर्माण गर्ने प्रस्ताव अघि सारेपछि यसलाई विज्ञहरूले महत्वपूर्ण र सकारात्मक राजनीतिक पहलका रूपमा व्याख्या गरेका छन्। जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा सीमापार विपद्को प्रभावलाई सम्बोधन गर्न यस्तो संयन्त्र उपयोगी हुन सक्ने उनीहरूको धारणा छ। यद्यपि प्रस्तावलाई व्यवहारमा उतार्न बलियो कूटनीतिक पहल, प्राविधिक तयारी र तीनै देशबीच निरन्तर संवाद आवश्यक हुने विज्ञहरूले बताएका छन्। नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले समेत जलवायु विपद् नेपाल र चीन दुवैका लागि साझा समस्या भएकाले नजिकबाट सहकार्य गर्न चीन तयार रहेको बताएका छन्। उनले संयुक्त विपद् पूर्वसूचना, प्रतिरोध तथा प्रतिकार्य संयन्त्र सुदृढ गर्ने, वैज्ञानिक सहकार्य बढाउने र ट्रान्स–हिमालयन क्षेत्रमा मानव तथा प्रकृतिबीच सामञ्जस्य कायम गर्ने विषयमा जोड दिएका छन्। अल्पविकसित मुलुकहरूको सहायता ...

महेश बस्नेत पक्राउ पर्ने हल्ला गलत, राष्ट्रिय युवा संघले भन्यो–‘अफवाहको पछि नलागौँ’

Image
महेश बस्नेत पक्राउ पर्ने हल्ला गलत, राष्ट्रिय युवा संघले भन्यो–‘अफवाहको पछि नलागौँ’ काठमाडौं। नेकपा (एमाले) का सचिव तथा प्रभावशाली नेता महेश बस्नेतलाई प्रहरीले पक्राउ गर्न लागेको भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको खबरलाई राष्ट्रिय युवा संघ नेपालले निराधार र भ्रामक भएको दाबी गरेको छ। राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले बस्नेतलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका छन्। उनका अनुसार सामाजिक सञ्जालमा बस्नेतविरुद्ध प्रहरी अपरेसन सञ्चालन भएको र उनलाई पक्राउ गर्न लागिएको दाबी गर्दै विभिन्न सामग्री सार्वजनिक भएपछि संघले त्यसको खण्डन गरेको हो। युवा संघले यस्ता हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ। संघका अनुसार राजनीतिक नेतृत्व तथा नेताहरूको चरित्रहत्या गर्ने उद्देश्यले प्रायोजित र भ्रामक सूचना फैलाइएको हो। संघले बस्नेत नियमित राजनीतिक कार्यक्रम तथा सांगठनिक गतिविधिमा सक्रिय रहेको जनाएको छ। यद्यपि, पक्राउसम्बन्धी हल्लाबारे प्रहरीले भने आधिकारिक रूपमा कुनै कारबाही वा पक्राउको सूचना सार्वजनिक गरेको उल्लेख समाचा...

दशैंमा धनगढीको हवाई भाडाले गिज्यायो ‘सुदूर अब दूर नाइ’ भन्ने बालेनको भनाइ

Image
दशैंमा धनगढीको हवाई भाडाले गिज्यायो ‘सुदूर अब दूर नाइ’ भन्ने बालेनको भनाइ दशैं नजिकिँदै गर्दा काठमाडौं–धनगढी हवाई भाडा अत्यधिक महँगो भएपछि सुदूरपश्चिम घर फर्किने यात्रुहरू समस्यामा परेका छन्। सडकमार्ग लामो र जोखिमपूर्ण रहेको अवस्थामा हवाई टिकटको मूल्यसमेत चर्किएपछि यात्रुहरू आर्थिक भारमा परेका हुन्। बाजुरा घर जाने हिमाल विष्टले धनगढीसम्मको हवाई टिकट करिब रु. २२,९०० पुगेको बताए। बसबाट बाजुरा पुग्न करिब रु. ५,६०० लागे पनि सडकको अनिश्चितताका कारण समयमै घर पुग्ने ग्यारेन्टी नभएको उनको भनाइ छ। धनगढीबाट आफ्नो घरसम्म पुग्न थप समय लाग्ने भएकाले महँगो हवाई टिकटले झनै अन्योल बनाएको उनले बताए। घरमा बिरामी बुवा भएकाले छिटो पुग्नुपर्ने प्रदीप कार्कीले पनि टिकट महँगो भए पनि बाध्यताले यात्रा गर्नुपर्ने अवस्था रहेको बताए। अर्की यात्रु गरिमा शाहले पनि महँगो भाडाका कारण हवाई यात्रा नै रद्द गर्नुपरेको सुनाइन्। चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा “सुदूर अब दूर नाइ” लेखेका थिए। तर दशैंमा घर फर्किने यात्रुहरू महँगो यातायात र लामो यात्राको समस्यामा परेपछि उक्त अभ...

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता, भोटेकोशी बाढीपीडितलाई वितरण गरिने

Image
साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता, भोटेकोशी बाढीपीडितलाई वितरण गरिने काठमाडौं। साउदी अरबले नेपाललाई मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराएको छ। राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (KS Relief) मार्फत उपलब्ध गराइएको सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्। सहयोग प्राप्त भएपछि मन्त्री पुनले साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले नेपाल र साउदी अरबबीचको मैत्रीपूर्ण सम्बन्ध तथा पारस्परिक सहकार्यलाई थप मजबुत बनाएको बताए। साउदी राजदूतावासका अनुसार KS Relief को विशेषज्ञ टोलीले नेपाली सम्बन्धित निकायसँग समन्वय गरेर राहत सामग्री वितरण गर्नेछ। उक्त सामग्री विशेषगरी भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकलाई उपलब्ध गराइने जनाइएको छ। संकटको समयमा प्राप्त अन्तर्राष्ट्रिय मानवीय सहयोगले बाढीपीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कांग्रेसको इतर समूहले दशैंअघि क्षेत्रीय अधिवेशन सक्ने, मंसिरमा महाधिवेशन गर्ने तयारी

Image
कांग्रेसको इतर समूहले दशैंअघि क्षेत्रीय अधिवेशन सक्ने, मंसिरमा महाधिवेशन गर्ने तयारी काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनको तयारी अघि बढाइरहेका बेला इतर समूहले पनि आफ्नो छुट्टै महाधिवेशन प्रक्रिया तीव्र बनाएको छ। इतर समूहले दशैंअघि नै सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। इतर समूहका नेता किरणराज पौडेलका अनुसार महाधिवेशनको प्रारम्भिक प्रक्रियाअन्तर्गत हालसम्म करिब ८० प्रतिशत वडाको अधिवेशन सम्पन्न भइसकेको छ। अहिले विभिन्न स्थानमा पालिका तहका अधिवेशनहरू सञ्चालन भइरहेका छन्। उनले दशैंअघि नै सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिएका छन्। पौडेलका अनुसार वडा तहको अधिवेशनको ठूलो हिस्सा सम्पन्न भइसकेकाले अब पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रदेश तहका अधिवेशनलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी भइरहेको छ। यही क्रममा बिहीबार काठमाडौं महानगरपालिकाको नगर अधिवेशनसमेत सञ्चालन भइरहेको बताइएको छ। इतर समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका अघि सार...

पार्टी पुनर्गठन कार्यदलमा केपी ओलीले हस्तक्षेप गरे : याेगेश भट्टराई

Image
काठमाडौं, असोज २ । नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनको प्रस्ताव तयार गर्न गठित कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्तक्षेप गरेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै भट्टराईले कार्यदलको समझदारीअनुसार महासचिव शंकर पोखरेलले प्रतिवेदन तयार गरी सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराएको बताए। तर अध्यक्ष ओलीको असहमतिपछि त्यसबारे छलफल अघि बढ्न नसकेको उनको दाबी छ। भट्टराईका अनुसार त्यसपछि उपाध्यक्ष रामबहादुर थापालाई अर्को प्रतिवेदन तयार गर्न लगाइएको थियो। उनले देशभरका पार्टी सदस्य, प्रदेश कमिटी, जनसंगठन तथा वरिष्ठ नेताहरूबाट संकलित सुझावमा पार्टी पुनर्गठन गर्नुपर्ने आवाज आएको बताए। उनले एमाले यथास्थितिमा रहन नसक्ने भन्दै पार्टीको नीति, संगठनात्मक ढाँचा, कार्यशैली र नेतृत्वको पुनरावलोकन आवश्यक रहेको धारणा राखे। नेतृत्व हस्तान्तरणमार्फत पार्टीलाई पुनर्जागृत गर्नुपर्ने उनको भनाइ थियो। साथै भट्टराईले वर्तमान सरकार गठन भएको करिब ६ महिना पुग्न लाग्दा सरकारको समग्र गति र मति सही दिशामा नरहेको टिप्पणी ग...

नापजाँचको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

Image
धनुषा, असोज २ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक रमदैया भवाडी गाउँपालिका वडा नं. २, ३, ४, ६, ७ र ८ मा स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो। उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा पूरा भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्न नसक्दा लालपुर्जा वितरण लामो समयदेखि रोकिएको थियो। रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले ३८८ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो। लालपुर्जा प्राप्त भएपछि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ। जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दालाई जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने तथा जग्गासम्बन्धी विवाद समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि धनुषामा ३ हजार ९६६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।

ट्रम्प-सी भेटवार्तामा एउटा मुख्य मुद्दा एआई

Image
काठमाडौं, असोज २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी सेप्टेम्बर २४ मा हुने शिखर वार्तामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रमुख विषय बन्न सक्ने संकेत देखिएको छ। ह्वाइट हाउसमा हुने भेटवार्तासँगै आयोजना हुने राजकीय रात्रिभोजमा अमेरिकी प्रविधि क्षेत्रका प्रमुख कम्पनीका कार्यकारीहरू सहभागी हुने भएका छन्। ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान, एनभिडियाका सिइओ जेन्सेन ह्वाङ र क्वालकमका सिइओ क्रिस्टियानो आमोन कार्यक्रममा सहभागी हुने पोलिटिकोले जनाएको छ। कार्यक्रमबारे जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै प्रकाशित विवरणअनुसार प्रविधि क्षेत्रका शीर्ष नेतृत्वको सहभागिताले अमेरिका–चीन वार्तामा एआईको विषयलाई थप महत्व दिन सक्ने देखिएको छ। एआईको तीव्र विकाससँगै यसको सुरक्षा, नियमन र सम्भावित जोखिमबारे विश्वव्यापी बहस चलिरहेका बेला ट्रम्प र सीबीच भेट हुन लागेको हो। एआई विकासको गति तथा त्यसका लागि आवश्यक सुरक्षा मापदण्डबारे प्रविधि उद्योगभित्रै पनि फरक धारणा छन्। ओपनएआईका प्रमुख साम अल्टम्यानले अमेरिका र चीनबीच एआई विकास तथा परीक्षणका लागि साझा स...

माथिल्लो त्रिशुली–१ सुरुङबाट ६ जनाको शव फेला

Image
काठमाडौं, असोज २ । रसुवास्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको सुरुङभित्रबाट ६ जनाको शव बाहिर निकालिएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा आयोजनाभित्र थुनिएर ज्यान गुमाएका उनीहरूको शव नेपाली सेनासहितको उद्धार टोलीले खोजीका क्रममा फेला पारेको हो। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले आयोजनाको अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि प्रयोग गरिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा शव फेला पारेको जनाएको छ। सुरुङको संरचना कठिन रहेकाले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्युसहितका प्राविधिक उपकरण प्रयोग गरेर शवहरू बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ। सुरुङभित्र बाक्लो हिलो र लेदोले पुरिएको अवस्थामा थप शवजस्ता आकृतिसमेत देखिएका छन्। त्यसैले उद्धार टोलीले थप खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। यसअघि बाढी आएको २२औँ दिनमा उद्धारकर्मीहरूले चिलिमे जलविद्युत आयोजनाको सुरुङ तथा पावरहाउस क्षेत्रबाट पाँच जनाको शव र एउटा मानव अङ्ग खुट्टा फेला पारी बाहिर निकालेका थिए। भोटेकोशीमा आएको भीषण बाढीका कारण मा...